गोरखा, असोज २ –नेपाल निजामति कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको आज पुर्नगठन भएको छ । बेद प्रसाद ढकाल अध्यक्ष रहने गरी १३ सदस्यीय कर्मचारी संघ गठन भएको छ । जसको उपाध्यक्षमा ध्रुव राज पराजुली र प्रेम गीरी, सचिवमा राम प्रसाद पौडेल, सह–सचिवमा राजन मराशिनी, कोषाध्यक्षमा अनन्त रेग्मी रहनुभएको छ । जसको सदस्यहरुमा कृष्ण बहादुर कार्की, राम बहादुर चौधरी, अर्जुन अधिकारी, सावित्री पौडेल, नारायण पन्थी र दिपक कुमार गुरुङ रहेका छन् । संघको सल्लाहाकारमा सुर्य प्रसाद बराल, नवराज खड्का र केशव राज पौडेल रहेका छन् । आज भएको संघको पुर्नगठन तथा शुभकामना आदान प्रदान कार्यक्रममा सुर्य प्रसाद बरालको अध्यक्षता र नेपाल निजामति कर्मचारी संघको केन्द्रिय महासचिव शरद कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment