काठमाण्डौ, असोज ३ –प्रधानमन्त्री सुशील कोइरालाले सार्क मुलुक एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ  । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन गर्दै उहाँले शान्ति, स्थायित्व र समृद्धिको साझा यात्रामा आतङ्कवाद, अतिवाद र असहिष्णुताले सहनशीलताको संस्कृति एवम् शान्तिपूर्ण अस्तित्वलाई जोखिममा पारेको भन्र्दै त्यसविरुद्ध लड्न सार्क मुलुकबीच एकता हुनुपर्नेमा जोड दिनुभएको हो । 

सार्कको स्थापनासँगै दक्षिण एसिया अझ प्रजातान्त्रिक बन्दै गए पनि यस क्षेत्रको मानवअधिकार र वैयक्तिक अधिकार अतिवादीहरूको निशाना बनेको बताउनुभयो । सार्क राष्ट्रमा सङ्गठित अपराध, सीमापार अपराध, मानव तस्करी, लागुऔषध व्यापार एवम् महिला र किशोरीविरुद्धका हिंसा बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्ता आपराधिक गतिविधि र चुनौतीको सामनाका लागि सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै उहाँले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न नेपालका राजनीतिक दल लागिपरेका बताउनुभयो । दक्षिण एसिया विपत्तिको जोखिममा छ । बाढी, भूकम्प र पहिरोजस्ता विपत्तिबाट यस क्षेत्रका जनता नराम्ररी प्रभावित भएका छन् ।

प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्र्क जादै हुनुहुन्छ । प्रधानमन्त्री कोइराला अपरान्ह ४ बजेर ५० मिनेट जाँदा त्यसतर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ । कोइरालाले महासभालाई असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री कोइरालाले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा भोलीे मध्यपूर्व पश्चिम एसिया र उत्तर अफ्रिकाका नियोगमा कार्यरत नेपाली कूटनीतिज्ञसँग नेपाली कामदारको समस्याबारे जानकारी लिने कार्यक्रम छ । कोइराला असोज १६ गते स्वदेश फर्कनुहुने छ ।

Post a Comment

 
Top