गोरखा, असोज ३ –नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी संघ गोरखाको तेश्रो अधिवेशन आज सम्पन्न भएको छ । दरौंदी रिभर साइड होटल अवुवामा भएको अधिवेशनमा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले  गोरखामा हेभी इक्वीपमेन्ट व्यावसायी वीचको एकताले यहाँको विकासमा सहयोग पुगेको बताउनुभयो । विकासका लागि डोजर, लोडर, एक्साभेटरको प्रयोग बढेको र यसले जिल्लाको विकासमा सहयोग पुगेको उहाँको भनाई थियो ।
 कार्यक्रममा नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी संघ का केन्द्रीय अध्यक्ष तारा वहादुर कुँवरले हेभी इक्वीपमेन्टका व्यावसायीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको बताउनुभयो ।  कार्यक्रममा नेपाली प्रथम डोजर चालक मुना श्रेष्ठलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष फडिन्द्र भट्टले अध्यक्षको प्रतिवेदन र सचिव कपिल कोइरालाले सचिवको प्रतिवेदन पेश गरेका थिए ।
हेभी इक्यूप्मेन्ट व्यवसायी संघको अध्यक्षमा  शुर्य बहादुर भण्डारी निर्विरोध चयन हुनुभएको छ । संघको आज भएको अधिवेशनले पछि एक जना मनोनीत गर्ने गरी ९ सदस्यीय नया कार्य समिति चयन गरेको छ । संघको बरिष्ठ  उपाध्यक्षमा नारायण खड्का, उपाध्यक्षमा नारायण श्रेष्ठ, महा सचिवमा भोला प्रसाद मरहट्टा, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष भण्डारी चयन हुनुभएको छ । संघको सदस्यहरुमा राम प्रसाद श्रेष्ठ, विष्णु खड्का, किशोर थापा चयन हुनुभएको छ ।
त्यस्तै अधिवेशनले हरी काराखेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । लेखा समितिको सदस्यहरुमा मुकेश बाँनिया, शिव गुरुङ रहनुभएको छ ।
संघको बरिष्ठ सल्लाहाकारमा रामचन्द्र अर्याल र सल्लाहाकारमा कृष्ण बहादुर थापा चयन हुनुभएको छ ।

Post a Comment

 
Top