समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न आज एमालेको शिर्ष नेताहरुको बैठक बस्दैछ । राजनीतिक सभाको लागि गठित कार्यदलको काम, संविधानका विवादित विषयमा पार्टीको बटमलाईन, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न आज दिउँसो शिर्ष नेताहरुको बैठक बस्ने नेता अग्नि खरेलले जानकारी दिनुभयो । बैठक बस्ने समय भने तय भईसकेको छैन ।
बैठकमा विशेषगरी संविधानसभा बाहिर रहेका दलहरुसंग गर्न लागिएको राजनीतिक सभाको एजेण्डा, बिधि, मिति र क्षेत्राधिकारमा पार्टीले लिने अडानका सम्बन्धमा छलफल हुने खेरेलले बताउनुभयो । यस्तै अन्य समसामयिक राजनीतिक विषयहरुमा पनि बैठक केन्द्रीत हुने खरेलले जानकारी दिनुभयो ।

Post a Comment