युक्रेनमा रुस समर्थक विद्रोहीहरुको कब्जामा रहेका १२ सय बन्धक रिहा भएका छन । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले विद्रोहीहरुले १२ सय बन्धकलाई रिहा गरेको जानकारी दिनुभयो । गत शुक्रबार सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौताअनुसार विद्रोहीहरुले ती बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको छ । युद्धविरामको क्रममा दुवै पक्षको कब्जामा रहेका बन्धकहरु साटासाट गर्ने सहमति पनि भएको राष्ट्रपति पोरोसेन्कोले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment