गोरखा, भाद्र २८ –भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर भारतीय दुतावासले गोरखको वोर्लाङ गाविसमा रहेको उपस्वास्थ्य चौकीलाई एम्वुलेन्स प्रदान गरेको छ । दुतावासले भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रदान गरेको एम्वुलेन्स आज वेनीघाट हुदै वोर्लाङ गाविस पु¥याईएको हो । वा २ झ १०५६ नम्वरको एम्बुलेन्स विरामी सहित ६ सिट क्षमताकोे भएको एमओवादी वोर्लाङ गाबिसका अध्यक्ष वुद्धि श्रेष्ठले जानकारी दिनुभयो । सदरमुकामवाट करिव २६ किलोमिटर दुरीमा रहेको उक्त स्वास्थ्य चौकीमा पटक पटक एम्वुलेन्स खरिदको पहल गरिएको भएपनि सफल हुन सकेको थिएन । उक्त गाविसमा एम्वुलेन्स नहुँदा समयमै विरामीको उपचार समस्या हुदै आएको थियो । दुताबास बाट एम्बुलेन्स प्राप्त भएपछि स्थानिय जनतालाई ठुलो राहात भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

Post a Comment

 
Top