गोरखा, भाद्र २८ –लिगलिग विकास अभियान अन्तर्गत असोज १४ गते लिगलिगे दौड हुने भएको छ । दौडका लागि गोरखा र लमजुङको सिमानामा छुट्याएको चेपेनदीको किनारदेखी, ठाँटी पोखरी, साउने पानी, बोहोरा गाँउ हुदै लिगलिगकोट सम्म १३ किलोमिटरको दुरी तोकिएको छ । दौडमा प्रथम हुनेलाई नगद रु ५० हजार सहित राजाको उपाधि दिइने आयोजकले जनाएको छ । त्यस्तै द्धितिय हुनेलाई नगद रु २५ हजार २ सय २५ र तृतिय हुनेलाई नगद रु १० हजार १ सय १ पुरस्कार पाउने छ । लिगलिग विकास अभियान अन्तर्गत यसबर्ष देखी महिला दौड पनि हुने भएको छ । दौडमा प्रथम हुनेले १० हजार द्धितिय हुनेले ५ हजार र तितृय हुनेले ३ हजार पुरस्कार पाउने छन् । ऐतिहासिक, धार्मीक, तथा पर्यटकिय लिगलिगकोट क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले दौडको आयोजना गरेको आयोजकले जनाएको छ । दौडमा देशभरका करिव १०० जना धावकहरुको सहभागिता हुने आयोजकको दावी छ । सन् १६०४ देखी सन् १६१५ सम्म प्रत्येक बर्ष दौडमा प्रथम भएका घलेहरुले लिगलिगकोटमा राज्य गर्ने गरेको र पछि १६१६ मा द्रव्यशाह राजा भएपछि दौडर राजा हुने प्रचलनको अन्त्य भएको इतिहासमा पाइन्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment