गोरखा, भाद्र २८ –विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी गोरखा शाखाले आज एक दिने प्राथमिक उपचार पूर्नताजगीकरण तालिम सम्पन्न गरेको छ । यसअधि तालिम लिएका रेडक्रसका प्राथमिक उपचारकहरुलाई पुर्नताजगी तालिम प्रदान गरीएको रेडक्रश गोरखा शाखाका कार्यालय प्रमुख सुवास घिमिरेले जानकारी दिनुभयो । तालिममा जिल्ला सदस्य तिलक पौडेल र प्राथमिक उपचारका प्रशिक्षक नन्द कुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा १९ जनाको सहभागिता रहेको थियो । प्रत्येक बर्ष सेप्टेम्वर १३ तारिखलाई विश्व प्राथमिक उपचार दिवसको रुपमा मनाउने गरिन्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment