विश्व स्वास्थ्य सङ्गठनले २०६६ सालमा नेपाललाई कुष्ठरोग निवारण मुलुक घोषणा गरे पनि बर्सेनि कुष्ठरोगका तीन हजार नयाँ बिरामी थपिने गरेका छन् । स्वास्थ्य सेवा विभागको कुष्ठरोग महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७०÷७१ मा देशभर तीन हजार २२३ जना नयाँ बिरामी फेला परेका छन् । त्यस्तै आर्थिक वर्ष ०६९÷७० मा पनि तीन हजार २ सय ५३ जना नयाँ कुष्ठरोगी भेटिएका थिए ।  महाशाखाका निर्देशक डा. चूडामणि भण्डारीले नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने गरेको बताउनुभयो ।

माइक्रोब्याक्टेरिया लेप्रे नामक सुक्ष्म किटाणुका कारण लाग्ने यो रोग न्यूनीकरण गर्नका लागि सरकारले बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । कुष्ठरोगका कारण समाजबाट विस्थापन भएका बिरामीलाई समेत आर्थिक तथा भौतिक पूर्वाधारको व्यवस्थासमेत उपलब्ध गराउने गरेको डा. भण्डारीले जानकारी दिनुभयो ।

Post a Comment

 
Top