गोरखा, भाद्र २५ –एकिकृत नेकपा माआवादिको वहस व्यवस्थापन समितिले नेता डा. बाबुराम भट्टराई पक्षले गोरखामा खोलेको छुट्टै कार्यालय बन्द गर्न दिएको निर्देशन केन्द्रबाट लिखित रुपमा नआएसम्म कार्यालय बन्द नगर्ने भट्टराई पक्षधर माओवादिका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले जानकारी दिनुभयो ।
शीर्ष नेताहरु विच हिजो बसेको बैठकले कार्यालय बन्द गर्न निर्देशन दिएको विभिन्न अनलाईन खवरहरुमा आएका थिए । भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले यस्तो निर्देशन दिएको एक अनलाइनसंग बताउनुभएको समाचारहरु आएको छ तर कार्यालयमा लिखित निर्देशन नआएको भन्दै यो सवै मिडिया बाजी भएको गोरखाका भट्टराई पक्ष नेताहरुले बताएका छन् ।
समानान्तर कमिटिका अध्यक्ष यान प्रसाद भट्टले केन्द्रले विवाद समाधानका लागि राम्रो कदम चालेर आफुहरुको चित्त बुझाएमा केही कदम चाल्न सकिने बताउनुभयो । उहाँले यदि केन्द्रको लिखित निर्देशन आएमा कार्यालय बन्द गरिने बताउनुभएको छ । कार्यालय बन्द गर्न निर्देशन दिएको कुरा भ्रमपूर्ण रहेको भट्टको भनाई छ । भट्टराई पक्षिय नेताहरुले गोरखामा गत साउन १० गते समानान्तर कमिटि गठन गरेको थियो ।

Post a Comment