गोरखा, भाद्र २५ –हिड नेपालको आयोजनामा आज गोरखा बजारमा जिल्ला स्तरीय जडिबुटी खेती विस्तार, संरक्षण, दिगो विकास तथा संस्थागत परिचयात्मक कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीमा बोल्दै जिल्ला कृषि विकास कार्यालय, गोरखाका वागवानी अधिकृत विष्णुकुमार श्रेष्ठले कृषि क्रान्ति नगरीकन नेपालको विकास हुन नसक्ने धारणा राख्नुभएको छ । अधिकृत श्रेष्ठले कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गोष्ठिमा बोल्दै जिल्ला बन कार्यालयका रेञ्जर जडिबुटी खेतीको व्यवसायीकरण नगरेसम्म जनताको आर्थिकस्तरमा सुधार गर्न नसकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रको दिगो विकासको लागि स्थानीय जनसहभागितामा जोड दिनुपर्ने धारणा राख्दै जडिबुटी संकलन गर्दा कानुनी प्रक्रियालाई ध्यान दिनमा जोड दिनुभयो ।
त्यसैगरी आदिवासी जनजाति महासंघ, गोरखाका अध्यक्ष विष्णु रानामगरले जल जमिन, जडिबुटी र जनशक्तिको समायोजन गर्न सके नेपालीहरुको जीवनस्तरमा ठूलो परिवर्तन आउने धारणा व्यक्त गर्नुभयो ।
हिड नेपालका अध्यक्ष रणकेश गुरुङको अध्यक्षतामा भएको गोष्ठिमा संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुकदेव तामाङ, धार्चे मनासलु विकास समितिका अध्यक्ष साने गुरुङ लगायतले मन्तव्य राख्नुभएको थियो ।
हिड नेपालले धादिङ जिल्लाको तिप्लिङ, सेर्तुङ, लापा, झार्लाङ र री गरी ५ गाविसमा जडिबुटी खेती तथा संरक्षण विस्तार कार्यक्रम गर्दै आएको छ भने गोरखाको मान्वु र काशीगाउँमा जडीबुटी खेती विस्तार गर्ने योजना बनाएको छ ।

Post a Comment