काठमाण्डौ, भाद्र २३ –राष्ट्रपति रामवरण यादवलले शिक्षालयलाई विशुद्ध प्राज्ञिक थलोका रुपमा विकसित गर्न सरोकारवालाहरुको सहभागिता, सहकार्य र प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभएको छ । पैँतीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शितल निवासमा आयोजित कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय समुदाय ज्ञानमा आधारित समाज निर्माण गर्न अघि बढिरहेको विश्व परिवेशमा हाम्रा शैक्षिक संस्थाहरुको प्रभावकारिता हाम्रा निम्ति चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।
सान्दर्भिक तथा जीवनोपयोगी शिक्षाको पहँुच विस्तार गर्न आवश्यक रहेको बताउँदै राष्ट्रपति यादवले निरक्षर नेपालीप्रतिको दायित्व पूरा गर्नेतर्फ दक्षता देखाउन सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सुझाव दिनुभयो ।देश विकासका निम्ति आत्मविश्वासका साथ लगनशील रही सम्भावनालाई यथार्थमा परिणत गर्नेतर्फ विभूषित विद्यार्थीहरु लागि पर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

Post a Comment

 
Top