प्रधानमन्त्री सुशील कोइरालाले जनताको चाहना अनुसार आफूले काम गर्न नसेको स्वीकार गर्दै माफी माग्नुभएको छ । अमेरिकामा स्वास्थ्य उपचार गरेर फर्किपछि लामो समय औपचारिक कार्यक्रममा उपस्थित नहुनभएका कोईरालाले आज राजधानीमा बीपी कोइराला स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले आफ्नो स्वास्थ्यका कारण अपेक्षित काम गर्न नसेको र अब भने स्वास्थ्यको पनि प्रबाह नगरि संविधान कसरी बनाउने भन्नेमा ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले आफू जस्तो सुकै सम्झौता गरेर पदमा बसिनरहने भन्दै काम गर्न सक्दिन जस्तो लागेको दिन पद त्याग गर्ने दोहो¥याउनुभयो । संघीयतासहितका विषयमा पर्याप्त छलफल भइसकेको भन्दै उहाँले दलहरुबीच सहमति नभए प्रक्रियामा लगेर भएपनि विवादित विषय टुङगो लगाउनु पर्ने धारणा राख्नुभयो ।

Post a Comment

 
Top