असोज १० –दशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिदैछ । ब्रहमचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ ।माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको ग्रन्थहरुमा उल्लेख छ । देवी ब्रहमचारिणी पूजाआराधना गर्न भक्तजनहरु आज बिहानैदेखि विभिन्न शक्तिपीठ तथा देवीमन्दिरमा भेला भएका छन् । घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा गर्ने क्रम पनि चलिरहेको छ ।

Post a Comment

 
Top