असोज १० –व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवम् पूर्वमन्त्री ७० वर्षीय सिद्धराज ओझाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको समितिका सभापति जनार्दन शर्माले जानकारी दिनुभयो । आजको बैठकमा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)मा भएको अनियमितताको विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो ।  विश्व फुटबल महासङ्घका प्रतिनिधिबाट लिएको रकम व्यक्तिगत प्रयोजनमा खर्च गरेको भन्दै लेखाले एन्फाको गतिविधिको छानबिन गर्दै आएको छ ।

Post a Comment

 
Top