गोरखा श्रावण ३० –हिजो सिमजुङको सिरानडाँडामा प्रहरीले चलाएको गोली काण्डको एकीकृत नेकपा माओवादी र नेकपा माओवादीले विरोध गरेका छन् । एकीकृत नेकपा माअ‍ोवादीका पार्टी अध्यक्ष लेख बहादुर थापा जीवन्त र नेपाल कम्युनिष्ट पार्टी माओवादीका जिल्ला सह सेक्रेटरी नारायण अधिकारी निश्चल द्वारा हस्ताक्षेरित विज्ञप्तीमा घटनाको विरोध गरी घाइतेका शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
सिम्जुङ गाविस वडा नं. ६ को सिरानडाँडामा स्थानीय जनता लाक्पा तामाङ माथि प्रहरीद्वारा दिन दहाडै गोली प्रहार गरी गम्भीर घाईते बनाई मरणासन्न अवस्थामा पु¥याएकोमा दुवै पार्टी एकीकृत ने.क.पा.(माओवादी) र ने.क.पा.–माओवादी जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको र  उक्त घटनाको घोर भत्र्सना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । राज्यको अन्तरिम संविधानमा धर्म निरपेक्ष राज्य घोषणा भएको स्थितिमा जनताले स्वतन्त्र रुपमा धर्म, संस्कार तथा संस्कृति मान्न पाउने न्यायिक  अधिकार माथि आँच आउने गरी प्रहरीले सिधै अन्धाधुन्ध जनता माथि  गोली प्रहार गर्नुले फेरी एकपटक युद्धकालिन संकटकालको स्मरण गराएको र  जनताले स्वतन्त्र रुपमा बाँच्न, बोल्न र काम गर्न पाउने स्वतन्त्रता विरुद्ध जनविरोधी घटनाले गम्भीर रुपमा मानव अधिकारको हनन भएको विज्ञप्तिमा जनाइएको छ । 
उक्त घटनामा घाइते तामाङको निशुल्क उपचार, क्षतिपूर्तिको व्यवस्था र घटनामा संलग्न प्रहरी माथि हदैसम्मको कार्वाही गर्न सरकारसँग माग गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
गोली लागी घाइते भएका ६२ बर्षिय लाक्पा तामाङलाई भने उपचारका लागि काठमाण्डौ लगिएको छ । तामाङको काठमाण्डौमा उपचार भइरहेको छ ।

Post a Comment

 
Top