गोरखा श्रावण ३० –जिल्ला बाल क्लव समितिमा गोरखा जिल्ला भर गरी हाल सम्म जम्मा १७ वटा मात्र बाल क्लव दर्ता भएका छन् । आरुआरबाङ, मनकामना, बुंकोट, ताकुकोट, ताङ्लिचोक, भुम्लिचोक, घ्याल्चोक र दरबुङ गाविसका विभिन्न विद्यालयका बाल क्लव गरी जम्मा १७ वटा मात्र समितिमा आबद्ध भएको र अन्य क्लबहरु आबद्ध हुने क्रम जारी रहेको जिल्ला बाल कल्याण अधिकृत कमल श्रेष्ठले बताउनुभयो । जिल्लाभरमा हाल ८९ वटा बाल क्लव गठन भएको छ, तर ति सबै बालकल्याण समितिमा आबद्ध छैनन् । बाल कल्याण समितिले बाल अधिकारका क्षेत्रमा काम गर्ने भएकाले गठन भएका सबै बाल क्लव र अन्य बाल क्लव पनि गठन गरी बाल कल्याण समितिमा आबद्ध हुन अधिकृत श्रेष्ठले आह्वान गर्नुभएको छ ।

Post a Comment

 
Top