गोरखा श्रावण ३० –महिला तथा बालबालिका कार्यालय गोरखाले आर्थिक बर्ष २०७०÷७१ मा एक करोड ४७ लाख १६ हजारको गतिविधिहरु सञ्चालन गरेको छ । कार्यालयले लापु, बोर्लाङ, सिमजुङ, ताङ्लिचोक, उहिया, केरौजा, मान्वु, थालाजुङ, आरुआरबाङ, फुजेल, च्याङ्ली, घ्याल्चोक लगायतका २० वटा गाविसमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै गरी जिल्लाको उत्तरी गाविस बाहेक अन्य विभिन्न गाविसका १ सय ८० जना महिलाहरुलाई जिल्लास्तरमा आधारभुत तालिम दिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, यहि आर्थिक बर्षमा ३ सय जना महिलाहरुलाई सीप तथा व्यवसायीकता विकास तालिमको साथै व्यवसाय स्थापनाका लागि ३ सय ३० जनालाई नगद रु ३५, ३५ सय वितरण गरेको छ । महिला सहकारी भवन स्थापनाका लागि, अन्नपूर्ण बचत ऋण सहकारी संस्था खोप्लाङलाई १ लाख, माइकोट बचत तथा ऋण सहकारी संस्था ताकुकोटलाई १ लाख, जमुना बचत तथा ऋण सहकारी संस्था पाँचखुवा देउरालीलाई १ लाख र विन्द्रावती बचत तथा ऋण सहकारी संस्था मसेललाई १ लाख गरी कुल ४ लाख वितरण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै गरी यहि आर्थिक बर्षमा साझा व्यवसायी सञ्चालन गर्न बुंकोट प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थालाई २ लाख २० हजार र श्री राम बचत तथा ऋण सहकारी संस्थालाई २ लाख रकम उपलब्ध गराएको छ । यसैगरी कार्यालयले अमर ज्योती जनता उच्च माविमा अध्ययनरत अपाङ्गता भएका बालबालिका लगायत अन्य विविध क्षेत्रमा करिब १ लाख ६० हजार बराबरको आर्थिक सहयोग गरेको महिला विकास अधिकृत सिता अधिकारीले बताउनुभयो । उहाँले महिला तथा बालबालिका कार्यालयले हिंसाबाट पिडित महिलाहरुलाई सक्दो आर्थिक तथा मानविय सहयोग गरेको उल्लेख गर्नुभयो । महिला हिंसाबाट पिडित महिलाहरुलाई सहजीकरण गर्नुको साथै कानुनी उपचारका लागि पनि सहयोग गरी रहेको र आगामी दिनहमा पनि हिंसा पिडित महिलाहरुलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभएको छ । आर्थिक बर्ष ०७०÷७१ मा ५ जना हिंसाबाट पिडित महिलाहरुलाई कुल २४ हजार रकम सहयोग गरेको अधिकारीले जनाउनुभयो । कार्यालयले भुम्लिचोकमा बलात्कारका सिकार भएका २ बालिकाहरुको उपचारको लागि प्रत्यक बालिकालाई ५÷५ हजारको दरले सहयोग गरेको छ ।
त्यस्तै गरी आर्थिक बर्ष ०७०÷७१ मा ३ सय ४२ जना अपाङ्गता भएका व्यक्तिहरुले अपाङ्गता परिचय पत्र बनाएको र प्रगतिशिल अपाङ्ग संघलाई १ लाख २५ हजार रकम कार्यक्रम अनुदान उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

Post a Comment