गोरखा श्रावण २९ –नेपालमा बालबालिकाको समयमानै जन्म दर्ता नगराउने पाईएको आज गोरखामा सम्पन्न एक कार्यक्रममा बताईएको छ । बच्चा जन्मेको ३५ लिन भित्र जन्म दर्ता गराउने ऐनमा उल्लेख भएपनि समयमानै जन्म दर्ता गराउने बालबालिकाको संख्या १०० मा  ४२ मात्र रहेको पाईएको हो । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति गोरखा र द अन्नपूर्ण आवासिय विद्यालयको संयूक्त आयोजनामा भएको वाल अधिकार सुनौलो भविष्यको आधार विषयक अन्तरक्रिया कार्यक्रममा बाल अधिकारका विविध विषय बस्तुमा आज छलफल भएको छ ।
अन्नपूर्ण आवासिय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी लिलामणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा मानव अधिकार तथा शान्ति समिति केन्द्रिय सदस्यता अपिल समितिका संयोजक अधिबक्ता स्थानेश्वर दवाडीले बाल अधिकारका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अन्तरक्रिया कार्यक्रममा जिल्ला बाल कल्याण अधिकृत कमल श्रेष्ठ, मानव अधिकार तथा शान्ति समिति गोरखाका अध्यक्ष यदू अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति गोरखा शाखाका अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयको शिक्षिका रमा श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Post a Comment

 
Top