गोरखा श्रावण २९ –इलाका प्रहरी कार्यालय भच्चेक अन्तगरगत रहेका दुई प्रहरीलाई स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिएका छन् । गाउँमा गोरु काटेर खाएको भन्दै चौकीमा उजूरी परेपछि घटना बारे बुझ्न गएका एक प्रहरी सहायक निरीक्षक र एक हवल्दारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । स्थानीय गाउँलेहरुसँग भनाभन हुन थालेपनि प्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको छ । तीन राउण्ड माथि र एक राउण्ड घुडामुनि फायर गर्दा तामाङ थरका एक युवा गम्भीर घाईते भएका छन् । घाइतेको भच्चेक स्वास्थ्य चौकीमा उपचार भईरहेको स्थानीयले जानकारी दिएका छन् । घटनाबारे थप जानकारी लिन र स्थितिलाई नियन्त्तणमा लिन सौरपानी र जौवारीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । उत्तरी गोरखामा तामाङ समुदायले मरेका गोरुलाई मासुको रुपमा प्रयोग गर्ने गर्दछन् ।

Post a Comment

 
Top