गोरखा श्रावण २९ –अविरल बर्षाका कारण गोरखाका ग्रामीण क्षेत्रका सवारीका साधनहरु चल्न सकेका छैनन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण बस चल्न नसकेको हो । जसले गर्दा स्थानियको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सम्म आउन पानीमा भिज्दै लामो पैदल यात्रा गर्न सर्वसाधरण बाध्य छन् । यसैविच यातायात व्यवसाय समिति गोरखाले ग्राभेल भनिएका सम्पूर्ण कच्ची सडकमा आज देखी अनिश्चित कालका लागी यातायत सुविधा वन्द गर्ने बताएको छ । बर्षातको कारण सडक अत्यान्तै जोखिम पुर्ण भएकाले यातायात बन्द गर्नुपरेको समितिका अध्यक्ष नारायण खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । साथै प्रकाशित विज्ञप्तिमा भत्एिका सडक निर्माणमा सरोकारवाला निकायलाई ध्यान दिन समेत आग्रह गरीएको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment