गोरखा श्रावण २९ –प्रत्येक महिना  जिल्ला आउने क्रममा आज पूर्व प्रधानमन्त्री एवं गोरखा निर्वाचन क्षेत्र नंं. १ का सभासद डा. बाबुराम भट्टराई आफ्ना गुटका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन गोरखा आईपुग्नुभएको छ । होटल हिमालयनमा आयोजित कार्यक्रममा उहाँले आफ्ना पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनुभएको हो । हामो पार्र्टी ए.(माओबादी) स्टालिनका शैलीमा अगाडि बढेमा नेपालको क्रान्ति पुर्ण नहुने जुन एक पुुस्ता पछि पुनः निमार्ण हुन नसक्ने भन्दै त्यस्तो हुन्ु नहुने बताए । पार्टि बिग्रिएको छ हजारौ योद्धाहरुले रगत र पसिना बगाएर बनेको यो पार्टि बिग्रिन नदिने समेत नेता भट्टराईले बताए । पार्टी बिग्रीएको छ भन्दै अब टालटुल गरेर निमार्ण हुन नसक्ने त्यसको लागि सल्यक्रिया गर्नु पर्ने बताए । यो अहिले बनेको कमिटी समानन्तर कमिटी नभई छलफल कमिटी भएको पनि नेता भट्टराईले जिकीर गरे । छलफलको लागि एक पक्षले आफुहरुलाई निशेध गर्न खोजेकोले बाध्य भएर आफुले जिल्ला जिल्लामा समानान्तर कमिटि बनाएको उहाँले बताउनुभयो ।  यस्तो प्रक्रिया देशै भरी भएको भन्दै आफ्नो पक्षमा भएको ठाउँमा दुबै पक्षलाई समेट्ने र आफ्ना साथीहरु बाहिर भएको ठाउँमा अर्को पक्षले नसमेटे समानन्तर कमिटी बन्ने गरेको बताए ।
पत्रकारहरुको कुराकानीमा उहाँले पार्टी निर्माणका लागि समानान्तर कमिटि बनाएको बताउनुभयो । संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै माघ ८ भित्र देशले नयाँ संविधान पाउने उहाँले बताउनुभयो । सबै पार्टीका शिर्ष नेताहरु संविधान जारी गर्ने विषयमा एक मत भएका कारण संविधान माथि शंका गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । यसैवीच नेता डा. बाबुराम भट्टराईले आज भूम्लीचोकमा बलत्कारको सिकार भएका दुई बालिकाहरुको उपचारका लागि दश हजार नगद रुपैयाँ प्रदान गर्नुभएको छ । महिला तथा बालबालिका कार्यालय गोरखामा आयोजित कार्यक्रममा नेता भट्टराईले नगद प्रदान गर्नुभएको हो । नेता भट्टराईले आज जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरुसँग भेटघाट गर्दै जिल्लाको विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन आग्रह गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी महेश बराल, विभिन्न कार्यालयका प्रमुखहरुले जिल्लाको वस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए । नेता भट्टराई आजै काठमाण्डौ फर्कनु भएको छ ।

Post a Comment

 
Top