गोरखा श्रावण १६ –जिल्ला शिक्षा कार्यालय गोरखाले शिक्षा सेवा आयोगबाट उत्तिर्ण भएका स्थाई शिक्षकहरुलाई छिट्टै पदस्थापन गर्ने जनाएको छ । स्थाई भएका शिक्षकको पदस्थापन का लागि पटकपटक छलफल र बैठक भईरहेको जिल्ला शिक्षा अधिकारी लिलामणी पोखरलले बताउनुभयो । उहाँले सोमबार र मंगलबार भित्रमा विद्यालय छनोटका लागि फारम वितरण गरिने पनि बताउनुभएको छ ।  स्थाई भएका शिक्षकहरुको पद स्थापनका बारेमा आज जिल्लाका विभिन्न पेशागत संघ, संगठनहरुसँग छलफल भएको थियो । 
शिक्षा सेवा आयोगको नतिजा प्रकाशन भएको लामो समय वितिसक्दा पनि शिक्षक पदस्थापन कार्य अलमलमा परेको छ ।  शिक्षा सेवा आयोगको नतिजा बैशाख र जेष्ठमा प्रकाशित भएको थियो ।  प्रकाशित नतिजामा गोरखाको  मा.वि तर्फ ५९ जना, निमावि तर्फ ५४ जना र प्रावि तर्फ १ सय ९४ जना उत्तिर्ण भएका छन् ।  स्थाई भइसके पनि पदस्थापन नभएको कारण शिक्षकहरु पहिले नै पढाउदै आएको विद्यालयमा पढाउदै आएका छन् । खुल्लाबाट नाम निकालेका शिक्षकहरुल भने अन्य जिल्लामा नियुक्ति प्रक्रिया अघि बढीसके पनि गोरखामा ढिलाइ भएकोमा गुनासो गरेको एक शिक्षकले बताएका छन् ।

Post a Comment

 
Top