गोरखा श्रावण १६ –आर्थिक बर्ष २०७०÷७१ मा बाल स्वास्थ्य कार्यक्रम अन्तर्गत गोरखाका १ बर्षभन्दा मुनिका ४ हजार ३ सय ४ जना बालबालिकाले वि.सी.जि खोप पाएका जिल्ला जन स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।  ५ हजार ७ सय ५५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य भएपनि ४ हजार ३ सय ४ जनाले मात्र खोप पाएको कार्यालयले जनाएको छ । 
त्यस्तै गरि, १ बर्ष भन्दा मुनिका ४ हजार १ सय ६२ जना बालबालिकाले डि.पि.टि थर्ड र  सोही उमेर समुहका ३ हजार ८ सय ८७ बालबालिकाले दादुराको खोप पाएका जन–स्वास्थ्य तथ्याङ्क सहायक धन बहादुर विसीले जानकारी दिनुभयो ।  डि.पि.टि थर्ड र दादुरा  खोप ५ हजार ७ सय ४५ बालबालिकालाई लगाउने लक्ष्य राखेपनि लक्ष्य भन्दा कम बालबालिकाले खोप पाएको कार्यालयले जनाएको छ ।
त्यस्तै गरी, आर्थिक बर्ष २०७१÷७१ मा गोरखाका ५ बर्ष मुनिका १ हजार ५ सय बालबालिकामा निमानीयाको संक्रमण देखीएको स्वास्थ्य कार्यालयले जनाएको छ । जस मध्ये २० जनामा भने कडा खालको निमोनियाको संक्रमण देखिएको थियो ।  ५ बर्ष मुनिका ४३ बालबलिकामा उमेर अनुसार तौलमा बृद्धि नभएको पाईएको पनि कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top