गोरखा श्रावण १६ – निर्माण व्यवसायी संघ, गोरखाको १८ औं वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन आजदेखि गोरखा बजारमा सुरु भएको छ ।
भोलिसम्म चल्ने संघको अधिवेशनको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले उद्घाटन गर्नुभएको थियो ।
संघका जिल्ला अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायधिस प्रकाश काफ्ले, नेपाली कांग्रेसका जिल्ला सभापति हरि बहादुर घले, नेकपा –एमाले) का कार्यवाहक अध्यक्ष विशेश्वर कट्टेल, एकीकृत नेकपा –माओवादी) का जिल्ला अध्यक्ष लेख बहादुर थापामगर, नेकपा –माओवादीका जिल्ला सेक्रेटरी परशुराम रम्तेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी संघका क्षेत्रीय उपाध्यक्ष इमनाथ खनाल, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, संघका निर्वतमान जिल्ला अध्यक्ष धिरज बहादुर मास्के, उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष जीवनज्योति श्रेष्ठ, पत्रकार महासंघका जिल्ला अध्यक्ष भिमलाल श्रेष्ठ र वाहिरी जिल्लाका संघका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनको उद्घाटन सत्रमा जिल्लाका कक्षा ८ को जिल्लास्तरीय परिक्षा, एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद पुरस्कारसहित सम्मान गरीएको छ ।
अधिवेसनमा संघका जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठ अध्यक्षको प्रतिवेदन, महासचिव सुर्य भण्डारीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष भोजनारायण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

Post a Comment

 
Top