१६ साउन, काठमाडौं । ब्राजिलियन स्टार नेयमारले बार्सिलानाको नयाँ सिजनका लागि आफू पूर्ण फिट हुने बताएका छन् । विश्वकप फुटबलको क्वाटरफाइनलमा उनको ढाडको एउटा हड्डी भाँचिएको थियो, जसका कारण उनले विश्वकपका बाँकी खेल समेत गुमाएका थिए ।
जापान पुगेका नेयमारले ला लिगा सुरु हुने बेलासम्ममा आफू फिट हने बताए । ‘म दिनदिनै ठिक भइरहेको छु’ क्लबको वेबसाइटसँग उनले भनेका छन्–‘म पूर्ण फिट भएर बार्सिलोना आउँदैछु ।’ २२ बर्षीय नेयमारले राम्रो रिजल्टका लागि बार्सिलोनाका टिममेटलाई सहयोग गर्न आफू तयार रहेको बताए । नेयमार अगष्ट ५ मा बार्सिलोना पुग्नेछन् । उनले प्रि सिजन अभ्यासका क्रममा अगष्ट १८ मा लियोनविरुद्धको खेल खेल्ने अनुमान गरिएको छ । share Onlinekhabar to RadioMatribhumi

Post a Comment

 
Top