(एजेन्सी) यदि तपाईंसँग गाडी छ भने ड्राइभर पनि पक्कै राख्नु भएको होला अथवा त्यसलाई आफैँले चलाउनुहुन्छ होला तर यदि तपाईंलाई हामीले कार चलाउनका लागि ड्राइभरको आवश्यक पर्दैन भन्यौँ भने तपाईंको प्रतिक्रिया कस्तो होला रु यसमा तपाईंहरु अचम्म नमान्नुहोस्, अर्को वर्ष ब्रिटेनको सडकमा ड्राइभर बिनाको गाडीहरु कुदनेछन् । युके सरकारले आफ्नो सडकमा ड्राइभरलेस कारको टेस्टिङका लागि सकारात्मक कदम उठाएको छ । बिजनेस सेक्रेटरी विन्स केबलले गत बुधबार ड्राइभरलेस कारहरुको अनुसन्धानका लागि १० मिलियन पाउन्ड फन्ड दिने घोषणा गरेको छ ।
उनले भने कि उनका देशका वैज्ञानिक र इन्जिनियरहरुले यो क्षेत्रमा निकै राम्रो काम गरिरहेका छन् । उनका अनुसार अबको ६ महिनामा यस्तो कार सडकमा चल्नेछन् । यसको टेस्टिङका लागि तीन शहरहरुलाई छानिएको छ जहाँ सन् २०१५ को जनवरीदेखि टेष्ट ड्राइभ सुरु हुने बताइएको छ । टेष्ट ड्राइभ १८ देखि ३६ महिनासम्म चल्नेछ । त्यहाँका अधिकारीहरुले लण्डनको तत्काल सडकहरुको राम्रोसँग समिक्षा गर्न पनि सुरु गरिसकेका छन् । ड्राइभरलेस कारलाई कन्ट्रोलमा राख्नका लागि एक निकै सिपालु ड्राइभर जसलाई त्यसको सबै सेटिङको बारेमा जानकारी हुन जरुरी छ ।
वेन्स केवलका अनुसार लण्डनको सडकमा रोबोट कारको अपार सम्भावना रहेको छ । यसले यहाँको सवारी सञ्जाललाई परिवर्तन गरिदिने छ । यसबाट सडक दुर्घटनाको सम्भावना पनि कम हुने छ । यसका साथसाथै यसले भिडभाडलाई समेत कम गर्ने भएका कारण ट्राफिक म्यानेजमेन्ट गर्न पनि मद्दत गर्नेछ ।

Post a Comment