काठमाडौं, साउन १६ – पार्टीमा सधैं अल्पमतमा परेका डा। बाबुराम भट्टराईले नयाँ शक्तिको खोजीमा जिल्ला जिल्ला दौडन शुरु गरेका छन् । संविधान निर्माण भएपछि नयाँ शक्तिलाई संस्थागत गर्न उनले जिल्ला जिल्लामा आफ्ना मान्छे परिचालन गरेका छन् भने आफैं पनि त्यस्ता कार्यक्रममा सहभागी भएका छन् ।
उनले हालै मात्र इटहरीमा पुगेर देशमा नयाँ शक्तिको खाँचो रहेको बताए । तर, त्यो शक्तिको जन्म कहिले हुन्छ रु कस्तो आकारको हुन्छ भन्ने कुरा भने उनले त्यहाँ बताएनन् । बाबुरामले नयाँ शक्तिबारे स्पष्ट कुरा नगरेपछि कार्यक्रममा सहभागीहरूले नयाँ शक्तिको गर्भपतनको खतरा रहेको टिप्पणी गरेका छन् । पार्टी काम छाडेर नयाँ शक्तिको पछाडि लागिरहेका बाबुरामले संविधानसभाबाट सकेजति प्रगतिशील संविधान बनाउने र त्यसैको जगमा नयाँ शक्ति बनाउने बाबुरामको योजना रहेको उनी निकट नेताहरू बताउँछन् । अहिले उनले विभिन्न जिल्लामा समानान्तर कमिटि बनाएर एमाओवादीभित्रको विवादलाई मच्चाउन खोजेका छन् । एमाओवादीलाई कमजोर बनाएर जाँदा मात्र आफ्नो नयाँ शक्तिले आकार ग्रहण गर्ने बुझेका डा। भट्टराईले पहिलो निशाना माओवादीलाई नै गराउने राजनीतिक मामलाका जानकारहरू बताउँछन् । उता नयाँ शक्तिमा लागेका डा। भट्टराईले संविधान निर्माणसम्म भने एकीकृत माओवादीकै मोर्चालाई उपयोग गर्न खोजेका छन् । संविधानसभामा पराजयपछि डा। भट्टराईले नयाँ शक्तिको वकालत गरेका हुन् ।
एमालेको नवौं महाधिवेशनमा एउटा समूहले नराम्रोसँग चुनाव हारे नयाँ शक्ति निर्माणका लागि हात मिलाउन आउने बाबुरामको आशा थियो । तर, एमाले नवौं महाधिवेशनमा दुवै पक्षका नेताहरूले चुनाव जितेपछि भट्टराईको आशामा तुषारापात भएको छ । भट्टराईले अहिले शहरिया मध्यम वर्गका मानिसहरूसँग संवाद गरेका छन् । उनीहरूले आफूलाई सहयोग गर्ने भट्टराईको तर्क छ । त्यसैबीच यसै साता उनले बुटवलमा गएर पनि नयाँ शक्तिको बहस गर्नेछन् । संविधानसभा निर्वाचनमा उनले रुपन्देही–४ बाट चुनाव हारेका थिए ।

Post a Comment