काठमाण्डौं,साउन १५– सरकारले कालीमाटी बाहेकका बजारमा पनि तरकारीमा विषादी अवशेष परीक्षण गर्ने भएको छ । कालीमाटीमा परीक्षण हुन थालेपछि किसान र व्यापारी अन्य बजारतर्फ मोडिएकाले सरकारले यो कदम चालेको हो । कषि विकास मन्त्रालयका निमित्त सचिव उत्तम कुमार भट्टराईले ‘हामी कालीमाटीमा आउने तरकारी मात्र परीक्षण गरेर बस्यौ’ तर ग्राहकहरुले भने अक्रै बैकल्पिक वजार खोज्न थालेछन् । अबको एक हप्ता भित्र ती बजारमा परिक्षण गर्नेछौ उनले भने । केही दिन अगाडी मात्रै कालीमाटीमा भित्रिने तरकारीमा मापदण्ड भन्दा बढी बिषादी पाइएपछि सरकारले नष्ट गर्न थालेको थियो । विषाक्त तरकारी नष्ट हुने भएपछि किसान र फौबन्जार विकल्प खोज्दै अन्य बजारतिर मोडिएको मन्त्रालयले बताएको छ । कालीमाटी बाहेकका बजारबाट १० दिनमा एकचोटी नमूना संकलन गरेर परीक्षण गर्ने निर्णय भएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले जानकरी दिए । पर्याप्त मात्रामा जनशक्ति नभएकाले टाढाको बजारको तरकारी १०÷१० दिनमा परीक्षण गर्ने मौखिक सहमती भएको छ, बानियाँले भने बल्खुको हकमा भने कालीमाटीको जस्तै दिनहुँ विषादी परीक्षण गर्न सकिन्छ । विषादी परीक्षण, मेसिन एउटामात्र भएकाले सबै ठाउँको नमूना कालीमाटीमै ल्याउनुपर्ने बाध्यता रहेको मन्त्रालयले जनाएको छ ।
कालीमाटमा विषादी परीक्षण मेसिन राखेपछि तरकारी आयातमा कमी आएको छ । मन्त्रालयले विषादी परीक्षण गर्नेमा महानगरपालिकाका कार्यकारी अधिकृत, काठमाडौं प्रमुख जिल्ला अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारी सहितको बैठ्कले कालीमाटी बाहेकका बजारमा पनि विषादी परीक्षण गर्ने निर्णय गरेको छ ।

Post a Comment

 
Top