गोरखा आज साउन १५ । गोरखामा पनि गाउँ र नगर बस्तीमा आज साउने १५ पर्व मनाइएको छ । खासगरी पहाडी मूलका हिन्दूहरूले मनाउने यो पर्वमा खिर खाने परम्पराअनुसार गोरखामा पनि विभिन्न ठाउँमा दूधको जोहो गर्न सर्वसाधारण जुटे । सामान्यतया असार र साउन मासमा धान रोपाइँमा हिलोमा भासिएर काम गर्दा चिसाले गर्ने असर कम गर्न मध्य साउनमा खिर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ । तर, यसपालि पानी नपरेर धान रोपाइँ गर्न नपाउँदा भने पर्वको खासै रौनक नभएको गोरखा नगरपालिका का एक किसान ५४ वर्षीय किसान दिलबहादुर श्रेष्ठले बताउनुभयो ।
वर्षभरि गुजारा चलाउने मुख्यबाली धान रोप्न नपाएपछि परम्परा थेग्नमात्रै साउने १५ पर्व मनाइँदै गरिएको सर्वसाधारण किसानको भनाइ छ । पर्वमा खिर खाने परम्परा थेग्न बिहानैदेखि दूधको जोहोमा भाँैतारिनुपरेको धेरैजसोले बताएका छन् । पर्वको अवसरमा दूधको अभाव भएको र मूल्य पनि आकासिएको सर्वसाधारणको गुनासो छ । साउने १५ पर्वमा विवाह भएर गएका छोरीचेली र ज्वाइँचेलालाई निम्ता गरेर खिर खुवाउने पुरानो परम्परा रहेको बूढापाकाको भनाइ छ । जिल्लाका विभिन्न गाविस र गोरखा नगरपालिका क्षेत्रमा पर्व विशेषले दूधको माग निकै बढेको व्यापारीहरुको भनाइ रहेको बताइएको छ ।

Post a Comment

 
Top