गोरखा श्रावण ३० – आजबाट सुरु हुने भनिएको पश्चिमाञ्चल क्षेत्रिय महिला उद्यमी हस्तकला प्रर्दशनी एवं दोस्रो तीज मेला बर्षाको कारण स्थगित भएको छ । मेला आजबाट सुरु भई भाद्र २ गतेसम्म चल्ने आयोजकले बताएको थियो तर अविरल बर्षको कारण मेला स्थगित भएको हो । मेला सञ्चालनका बारेमा बैठक बसी निर्णण गर्ने र मौसममा सुधार आएपछि मेला सञ्चालन हुने आयोजक समितिका बुद्धिमाया श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

 
Top