आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने दिन हो । शरीरमा उत्साह, उमंग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विचार, विवेक र चिन्तनका बलमा अहिलेको समयलाई आफ्नो पक्षमा ल्याउन सकिन्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुने र खर्च गर्ने सम्भावना छ । घरायसी सुखसुविधाका सामान खरिद गरिने छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी घट्ने छ र उठ्नुपर्ने रकममा विलम्ब हुनाले पारिवारिक तनावको सिर्जना हुनेछ । कृषि तथा पशुपालन र बन्दव्यापारमा समेत फाइदा हुने देखिंदैन । गरेका कामबाट लाभ र जस पाउन गाह्रो छ । श्रमको मूल्याङ्कन नहुँदा मानसिक खिन्नता बढ्न सक्छ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । बेलुकाको वास वा खानपीन घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ । आजका लागि शुभ अंक ९ र शुभरंग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।  सुखद यात्राको सम्भावना छ । चिताएको काममा सफलता पाउनु हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन् ।  आजका लागि शुभ अंक ९ र शुभरंग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि, पशुपालन र दुग्धजन्य पेशामा संलग्न व्यक्तिका लागि आजको दिन त्यत्ति अनुकूल छैन । प्रणयसम्बन्ध र रतिराग बढाउने समय त हो, तर जीवनसाथीसँगको असमझदारी बढ्नाले फकाउने र फुल्याउने काममा नै दिन बित्नेछ । आज चिताए जति फाइदा लिन सक्नुहुन्न, परिश्रम निरर्थक हुनसक्छ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । भेटघाट र मनोरञ्जनमा आजको समय व्यतीत हुनेछ । आजका लागि शुभ अंक ५ र शुभरंग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर ९भो, ज, जि, खि, खु, खे, खो, गा, गि० –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । आज दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन । स्वास्थ्य पनि नकारात्मक हुने योग छ । कार्यमा बिलम्ब हुनेछ । दिक्क र झर्को लाग्दो यात्रा हुन सक्छ । भौतिक साधनबाट हानि हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा धननाश हुने सम्भावना देखिन्छ । जीवनसाथीसित समेत ठाकठुक पर्नसक्छ । आजका लागि शुभ अंक ९ र शुभरंग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Post a Comment

 
Top