गोरखा श्रावण ३० – दरौँदी पुलको ग्याविन वाल बर्षाको कारण भत्कन थालेपछि शुत्रबार सरोकार वाला निकायको टोलिले सो क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल सहितको टोलिले दरौँदी पुलको अवलोकन गरेको हो । दरौँदी पुलको खोप्लाङ तर्फको भागको आधा जसो ग्याविन वाल बाढिले लगिसकेको छ । स्थानीय गोकर्ण थापाले भने हामीले एक महिना अघि नै पुल जोखिममा छ भनेर सडक कार्यलमा निवेदन दिइसकेका थियौ, तर कसैले पनि हाम्रो मागको सुनुवाइ गरेनन् । गोरखा नगरपालिका ९ छेवेटार र खोप्लाङ ९ घुम्नेटार जोड्ने पुलको ग्याविन वाल बाढिले लान थालेपछि स्थानीय हरु चिन्तित वनेका छन् । ‘यहाँको पुल देखि तलको झोलुङ्ग पुल सम्म अझै ग्याजिन वाल लागाउनुपर्छ । स्थानिय हिरा काजि श्रेष्ठले भने ‘यहिँ त भत्कन थालिसकयो तलको त के कुरा गर्नु । खोला विच बाट नवगी छेउ बाट वग्दा थप जोखिम वढेको श्रेष्ठले बताए ।

Post a Comment

 
Top