सिन्धुली स् आज बिहानै देखि सिन्धुपाल्चोकको राम्चे–५ स्थित जुरेमा गएको पहिरोका कारण सुनकोसी नदी थुनिएर बाँध बनेपछि त्यसको सम्भावित खतराले सिन्धुलीमा पनि त्रास फैलिएको छ ।

नदीको बाँध फुटेर आउँदा हुने क्षतीबाट बच्न सिन्धुलीका सुनकोसी आसपासका बस्ती खाली गर्न थालिएको छ। सिन्धुली र रामेछाप जिल्ला अन्तरगत सुनकोसी किनारका झण्डै चारसय घरपरिवार सम्भावित दुर्घट्नाको त्रासमा छन्। उनिहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको दुवै जिल्लाका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

सिन्धुलीको सबै भन्दाबढी खुर्कोट बजार खतरामा पर्ने भएको छ। सुनकोसीको सतहबाट पाँच छ मिटरको उचाइमा मात्र रहेको यहाँको ठुलो वस्तिलाई बाढीले बगाउँ सक्ने खतरा भएकाले त्यस क्षेत्रका बस्ति खाली गर्न र सरसामानको सुरक्षा गर्न उर्दि गरीएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए।

उनले भने, ‘अहिले सम्भावित दुर्घट्नाबाट बच्न आवश्यक तयारी र सतर्कताका लागि खबर गरेका छौं । प्रभावित यरियाका बस्तिका बासिन्दालाइृ सुरक्षित स्थान तर्फ जान र सरसामानको सुरक्षा गर्न भनेका छौं ।

विहानै देखि स्थानीय वासिन्दा, प्रहरी, गाविस सचिव तथा सरकारी कर्मचारीहरु र स्थानीय सञ्चार माध्यमबाट सतर्कताका लागि सुचना आह्वान गरीएको उनको भनाई छ । ‘कतिपय गाविस सचिवहरुलाई जिविस मार्फत तत्काल गाविसमा खबर गर्न सुचना प्रबाहका लागि अनुरोध गरेको छु,’पोखरेलले भने, ‘त्यस क्षेत्र अन्तरगतका प्रहरीहरुलाई पनि विहानै देखि परिचालन गरिएको छ।

जिल्ला सुरक्षा निकाय पनि हाइ अलर्टमा रहेको उनको भनाइ छ। खुर्कोटका बसपार्क लगायतका क्षेत्रका झण्डै ६० बढी घर खालि गरीएको छ । यस्तै झाँगाझोलि रातमाटा, सितलपाटी, कुडुले, स्याउटार, सुम्नाम पोखरी, नौलोपुर, खाङसाङ, बाशेश्वरको बलेनी, तिनकन्याको गढतीर क्षेत्र उच्च जोखीममा छन् । यस क्षेत्रका झण्डै चारसय परिवार नदीको सम्भावती खतरामा रहेको स्थानीय शिक्षक विशाल पहाडीले जानकारी दिए। उनका अनुसार जोखीम युक्त क्षेत्रका सर्वसाधरण विहानै देखि बस्ती खाली गरेर सुरक्षित स्थान तर्फ सर्न थालेका छन् ।

सुनकोशी, भोटेकोसी र सिन्धुलीको खुर्कोट माथी नै तामाकोशीको समेत मिश्रण हुने भएकाले थुनिएको बाँध एकै पटक फुटे सिन्धुलीको खुर्कोट तलका बस्तिहरुमा ठुलो क्षेती पुग्ने अमुनमान गरीएको छ। नदी थुनिँदा सिन्धुपाल्चोक, काभ्रै जिल्लाका दर्जनौ वस्तिहरु खतरामा परिसकेका छन् । यो खबर हामिले अन्नपूर्ण पोस्ट्र बाट राखेको हौ

Post a Comment

 
Top