काठमाडौं,साउन १७ –नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरले बेल्जियमको एन्डरलेच्ट क्लवका एकेडेमीमा सशध्m उपस्थिती देखाएका छन् । बेल्जियमको पहिलो डिभिजनमा क्लब एन्डरलेच्टको यु–१७ टोलीका लागि शुक्रबार उनले दुई गोल गरे । हुसगास्ट्रेनका यु–१९ टोलीसँग भएको मैत्रीपुर्ण खेलमा एन्डरलेच्टका किशोर टोली २–१ गोलले विजयी हुँदा दुबै गोल विमलले गरेका थिए । ‘धेरै राम्रो खेल भयो । मैले सक्दो राम्रो मेहनत गरेको थिएँ ।म हरेक दिन नयाँनयाँ कुरा सिकिरहेको छु’ विमलले भने ।
प्रशिक्षणका क्रममा प्रभाव देखाएपछि एन्डरलेच्टले केही समयअघि एक वर्षका लागि विमललाई आफ्नो एकेडेमीमा अनुबन्धन गरेको थियो । विमल केही साताअघि मात्र क्लबमा भर्ना हुन त्यसतर्फ गएका थिए । उनी भदौ ५ गते नेपाल फर्कनेछन् । एसियाली फुटबल महासंघ यु–१६ च्याम्पिएनसिपमा सहभागि हुन विमल स्वदेश फर्कन लागेका हुन् । विमल यु–१६ नेपाली फुटबल टोलीका कप्तान हुन् । विमलकै उत्कृष्ट प्रदर्शनमा नेपाल यो प्रतियोगिताका लागि छनोट भएको थियो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

Post a Comment

 
Top