गोरखा श्रावण १७ –स्वाँरा सघन गाउँ विकास केन्द्रद्वारा सञ्चालित एचआइभी एड्स रोकथाम सहयोग तथा हेरचाह कार्यक्रम अन्तर्गत गोरखा नगरपालिका वडा नं.४ सतिपिपलमा एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा गोरखा नगरपालिका वडा नं.१, २ र ४ का प्रवासीका परिवारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा एचआइभी एड्स तथा यौन रोगका लक्षणह सर्ने तरिका, बच्ने उपाय एवम् समयमा नै उपचार नगरे आउने समस्याहरुको बारेमा छलफल गरिएको थियो ।
सामुदायिक कार्यकर्ता गिता देवकोटा र साथी शिक्षक सावित्रा भट्टराइले सहजीकरण गर्नुभएको थियो ।

Post a Comment

 
Top