गोरखा श्रावण ७ 
दरौदीँ नदिमा मंगलवार बेवारिसे अवस्थामा भोटिएको शवको आज पहिचान भएको छ । नदिमा भेटिएको शव ताप्ले गाविसका १३ बर्षिय शैलेश श्रेष्ठ रहेका पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गोखाले जनाएको छ मंगलबार नयाँसाघु वजार जान लागेको श्रेष्ठ नदि तर्ने क्रममा चिप्लिएर वगाएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
मंगलवार बिहान ११ बजेतिर मेमोरिमा गित भर्छु भन्दै शैलेश घरबाट जान लागेको रहेछ । प्रहरीका अनुसार दरौँदीमा भेल पनि वढेकाले खोला तर्ने क्रममा बगाएर मृत्यु भएको हुनसक्छ । शवको पहिचान खुले संगै मृतकका हजुर बुबा लाल बहादुर श्रेष्ठलाइ आज नै शव बुझाइएको पनि प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top