गोरखा श्रावण ६ - सामुदायिक सारथीको आयोजनामा गोरखामा आज स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ लाई संशोधन गर्न बनेको मस्यौदा विधेयक २०७० माथि छलफल कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सारथीका केन्द्रीय अध्यक्ष तारा भण्डारी तथा फिल्ड अफिसर उमेश वि.क.को उपस्थितिमा गोरखा सदरमुकाममा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली काङ्ग्रेसका राजनराज पन्त, नेकपा एमालेका विश्वेश्वर कट्टेल, नेकपा माओवादीका वीरबहादुर गुरुङ, संघीय समाजवादीका सुकदेव तामाङ लगायतविभिन्न राजनीतिक दलका प्रतिनिधि, आदिवासी जनजाति महासंघका विष्णु राना मगर, स्थानीय विकास अधिकारी महेश बराल लगायतका गोरखाका बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय निर्वाचन नहुँदाको वर्तमान अवस्थामा जनतामा परेको प्रभावका बारेमा छलफल भएको थियो । सहभागीहरुलाई स्थानीय निर्वाचनमा उमेदवार कस्तो हुनुपर्ने, मतपत्र कस्तो हुनुपर्ने भन्ने जस्ता विषयमा जानकारी गराइएको थियो । यस्तै जनतामा नो भोट (भोट शुन्यता) को पनि व्यवस्था गर्नुपर्ने, महिलालाई संस्थाको मुख्य पदहरुमा आसीन गर्न संविधानमा नै ग्यारेन्टी हुनुपर्ने, महिला उम्मेदवारको लागि धरौटी कम हुनुपर्ने जस्ता मागहरु सहभागी वक्ताहरुले राखेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment