गोरखा श्रावण ७ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति गोरखाले हिजो जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । जिल्लामा देखिएको शैक्षिक समस्यालाई मध्यनजर गर्दै त्यसको तत्काल समाधान गर्नको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विभिन्न मागहरु राखेर ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष शिवराम कट्टलले जानकारी गराउनुभयो ।
शिक्षक सेवा आयोगले स्थायी शिक्षक सिफारिस गरिएको मौजुदा अवस्थामा २०६३ बैशाख ११ भन्दा पहिले नियुक्ति भएका अस्थायी शिक्षक मध्ये स्थायी भएका शिक्षकहरुले चाहेमा आफ्नै दरबन्दीमा नियुक्ति दिनुपर्ने, २०७० जेठ १५ गते दरबन्दी मिलानको क्रममा काज सरुवा भएका शिक्षकहरुलाई सोही विद्यालयमा पदस्थापन गर्नुपर्ने, अस्थायी शिक्षक विस्थापन हुन नदिन एक व्यक्ति एक पद लागू गर्नुपर्ने, शिक्षक तथा कर्मचारीलाई भेदभाव नगरी पोशाकको व्यवस्था गर्नुपर्ने, राहत, इसिडी शिक्षकलाई दरबन्दी कायम गर्नुपर्ने, विद्यार्थी कम भएका विद्यालयहरु पायक पर्नेगरी मर्ज गर्नुपर्ने, योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापक पदमा नियुक्ति दिनुपर्ने, म्याद सकिएका विद्यालयका व्यवस्थापन समितिहरुको पुनर्गठन प्रक्रिया अगाडि बढाउनुपर्ने लगायतका १० बुँदे विभिन्न मागहरु राखेर संगठनले ज्ञापन पत्र बुझाएको हो । संगठनले आफ्ना मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Post a Comment