गोरखा श्रावण ७ - गोरखामा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कृष्ण प्रसाद पौडेलले अहिलेसम्म ७० प्रतिशत रोपाई सकिएको र साउन १५ सम्म सवै रोपाई सकिने बताएका छन् । अधिकृत पौडेलका अनुसारसमयमा नै मनसुन वर्षा सुरु नभएको र कम वर्षा भएको कारण रोपाई केही ढिलो भएको हो ।  उहाँको अनुसार उन्नत जातको धानको वीउ, उचित मल र गोडमेल पुगेमा ढिलो रोपाई भए पनि उत्पादन नघट्ने बताउनुभएको छ । जिल्लामा १२ हजार १ सय ९५ हेक्टर जमिनमा वर्षे धान, ७२५ हेक्टर जमिनमा चैते धान र ४ हजार ८ सय ५० हेक्टर जमिनमा घैया धान उत्पादन हुदै आएको छ । जिल्लामा वार्षिक ३८ हजार ५ सय ८७ मेट्रिकटन वर्षे धान, २ हजार ६ सय ८२ चैते धान र ९ हजार ९ सय ९७ मेट्रिकटन घैया धान उत्पादन हुने गर्दछ ।

Post a Comment

 
Top