गोरखा श्रावण ७ कृषि विकास बैंक, गोरखाले आर्थिक बर्ष २०७०÷७१ मा रु ३ करोड ९८ लाख नाफा कमायो, गत वर्ष भन्दा ८९ लाख बढी नाफा कमाएको बैंकको दावी  कृषि विकास बैंक लि.शाखा कार्यालय गोरखाले आर्थिक बर्ष २०७०÷७१ मा रु ३ करोड ९८ लाख नाफा कमाउन सफल भएको छ । गत बर्ष २०६९÷७० को आर्थिक बर्षमा रु ३ करोड ८ लाख ६६ हजार ५ सय ७९ रुपैयाँ नाफा गर्न सफल भएको बैंकले यस बर्ष गत बर्षभन्दा ८९ लाख ४७ हजार १३ रुपैयाँ बढी नाफा गरेको कृषि विकास बैंकका शाखा अधिकृत शालीग्राम कट्टेलले जानकारी दिनुभयो ।
त्यसैगरी कृषि विकास बैंकको उपशाखा कार्यालय आरुघाटले आर्थिक बर्ष २०७०÷७१ को असार मसान्तसम्ममा ५९ लाख ५२ हजार र अर्काे उपशाखा कार्यालय पालुङटारले ६७ लाख ५० हजार नाफा गर्न सफल भएको छ । बैंकले आर्थिक बर्ष २०६९÷७० को नाफाबाट ३१.५८ प्रतिशतका दरले शेयर धनीहरुलाई लाभांस (बोनस) बाँड्न थालेपछि बैंकप्रति आम जनताको चासो र आकांक्षा बढ्न थालेको बताइएको छ ।
कृषि विकास बैंकले वि.सं.२०३० सालमा गोरखा जिल्लामा पहिलोपटक सेवा दिन थालेको थियो । बैंकले वि.सं.२०६६ सालदेखि वाणिज्य बैंकसँगै बैंक ग्यारेन्टी, रेमिट्यान्स, अनलाइन बैंकिङ कारोबार गर्दै २०७० फागुनदेखि सिबियस (कोर बैंकिङ सिस्टम) मार्फत सेवा प्रदान गरिरहेको पनि कट्टलले जानकारी दिनुभयो ।

Post a Comment

 
Top