गोरखा श्रावण ७ -घरेलु तथा साना उद्योग विकास समिति गोरखाद्वारा एक वर्षमा २९ लाख ३५ हजार भन्दा बढी राजस्व संकलन, समितिमा हालसम्म २ हजार ४ सय ४१ उद्योग दर्ता  घरेलु तथा साना उद्योग विकास समिति गोरखाले आर्थिक बर्ष २०७०÷७१ मा २९ लाख ३५ हजार ६ सय रुपैंया राजस्व संकलन गरेको छ । उद्योग वाणिज्य दर्ता, नवीकरण, पूँजीवृद्धि, ठाउँसारी, नामसारी आदि कार्यबाट राजस्व संकलन गरेको हो । समितिले आर्थिक वर्ष ०६९÷७० मा १२ लाख ७७ हजार ३५० रुपैया राजस्व संकलन गरेको थियो ।
आर्थिक बर्ष २०७०÷७१ को असार मसान्त सम्ममा १२६९ ओटा उद्योग, वाणिज्य तर्फ १ हजार १७२ ओटा उद्योगहरु दर्ता भएका छन् । जसमा आर्थिक वर्ष २०७०÷७१ मा १५० ओटा उद्योग दर्ता, २६९ ओटा वाणिज्य दर्ता र २११ ओटाले आफ्नो संस्था नवीकरण गरेका छन् । उद्योग दर्ता गर्नेहरुमा वाणिज्य अर्थात व्यापार भन्दा कृषि क्षेत्रका उद्योगहरु बढी दर्ता हुने गरेका छन् । उद्योगले उद्यम विकास कार्यक्रम अन्तर्गत ४ लाख ९२ हजार बराबरको लगानीमा आरुचनौटेमा सिन्केधुप तालिम, थुमीमा झोला बुनाइ तालिम, च्याङलीमा सिलाई तालिम र भुम्लिचोकमा सिलाइ कटाइ तालिम दिएको छ । 
त्यस्तै उद्योग प्रबद्र्धन कार्यक्रममा २ लाख ९० हजार बराबरको लगानीमा ताप्ले, विरेनचोक, आरुपोखरी, ताकुमाझ लाकुरीबोट, भच्चेकमा सिलाइ तथा ढाका बुनाइ तालिम सम्पन्न गरेको छ  भने तालिम लिई व्यवसायी गर्ने उद्यमीहरुलाई ४० प्रतिशत छुटमा २ लाख ९० हजार बराबरको ढाकाको तान, सिलाइ मेसिन र चर्खा वितरण गरेको छ । संस्थाबाट १ हजार ८२७ महिला र ५७७ जना पुरुष गरी २४०४ जनाले सीप विकास उद्यमशीलता विकास, बजार  तथा लेखा व्यवस्थापन तालिम लिएकोमा ८३० महिला र २६२ जना पुरुष गरी १ हजार ९२ जना स्वरोजगार भएको उद्योग विकास अधिकृत ज्ञान बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


Post a Comment

 
Top