गोरखा, ५ साउन । इलाम जिल्लाबाट ल्याइएका ३५ हजार चिराईतोका विरुवा वारपाकका विभिन्न सामुदायिक वनमा रोपिएको छ । रागर सामुदायिक वनमा २५ हजार र इपिसिना तथा सुईनान सामुदायिक वनमा १० हजार विरुवा रोपिएको कृषि प्राविधक उत्तम कुमार विकले जानकारी दिनुभयो । प्रति विरुवा चार रुपैयाँ तिरेर ल्याइएका विरुवा डब्लुडब्लुएफ, यूएसआइडिको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम अन्तर्गत स्वाँरा सघन ग्रामीण सेवा केन्द्र गोरखाले संयोजन गरेको स्थानीय राजेन्द्र गुरुङले बताउनुभयो । प्रतिकेजी आठसयमा विक्री हुने चिराईतो एन्टीवायोटिक मेडिसन बनाउन प्रयोग हुने गर्दछ ।
गोरखाको बारपाकलाई चिराईतो खेतीमा नमुना गाविसको रुपमा विकास गर्न लागिएको जिल्ला वन कार्यालय गोरखाका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो ।
गोरखाको बारपाकलाई चिराईतो खेतीमा नमुना गाविसको रुपमा विकास गर्न लागिएको जिल्ला वन कार्यालय गोरखाका प्रमुख दुर्गा बहादुर कार्कीले बताउनुभयो ।
Post a Comment