गोरखा, श्रावण ५ नेपाल टेलिकम अन्तर्गतका सेवा गोरखाका ६६ वटै गाविसमा सुरु भएको गोरखा शाखाले जनाएको छ ।  नेपाल टेलिकमले गोरखाको सबै गाविसमा टेलिफोन सेवा बिस्तार गरेको दावी गरे पनि सेवाग्राहीले सजिलै सेवा नपाएको गुनासो आईरहेका छन् ।  पोष्पेड मोवाईल २० हजार भन्दा बढिको नाममा दर्ता छ भने  प्रिपेड लाईन ५० हजार भन्दा बढी सिम कार्ड दर्ता एवं बितरण भएको छ ।
यति धेरै सञ्चार सेवा बिस्तार हुदा पनि सेवा ग्राहीले सजिलै सेवा नपाएको गुनासो आउने गरेका छन् ।  दुरसञ्चारले फोनहरु वितरण गरिरहेको भएपनि सेवा दिनेबारेमा भने त्यति वास्ता गरेको छैन ।
विद्युत लाइनको समस्या सँगै नेपाल टेलिकमको पनि सेवा अवरुद्ध भइरहेको बेला जनता जुन सुकै काममा पनि आफै चनाखो भएर लाग्नु पर्ने र आफै तात्नु पर्ने, टेलिकममा चाँपी लगाउने र धर्ना दिन सक्ने साहस जनताले गर्नुपर्र्ने टेलिकमका प्रमुख चन्द्रबहादुर श्रेष्ठ बताउनु हुन्छ । मोवाइल सेवामा नमस्ते र स्काइ गरी दुइ थरी लाईन सरकारको माताहातमा बितरण भए पनि कुनै पनि प्रभाबकारी रुपमा स्थापित भएको नभएको उहाँको भनाई छ ।  नेपाल टेलीकमको टावरमा आकस्मिक लाईनको ब्यवस्था नभएको कारण थप समस्या हुने गरेको छ ।
जेनेरेटर, इन्भटरजस्ता लाइनको ब्याकअपको साधनको टेलिकमले उचित ब्यवस्था गर्न सकेको छैन । गोरखामा ब्याट्री ब्याकअप सुबिधाको ब्यवस्था भईरहे पनि जनताले त्यो सुविधा महसुस गरेको छैनन् । जिल्लामा  नमस्तेको ३२  वटा टावर निर्माण भएको छ भने  स्काईको १० वटा टावर निर्माण गरी सञ्चालन गरेर सेवा दिइरहेको  नेपाल टेलिकमले जनाएको छ ।
ल्याण्डलाइन फोनको वील सेवा सरकारी कार्यालयमा बाँकी नरहे पनि व्यक्तिगतमा भने बिल बाँकी रहेको टेलिकमले जनाएको छ । व्यक्तिगत १५० भन्दा बढी ग्राहकरुले वील नतिरेका कारण कालोसूचीमा परेको श्रेष्ठले बताउनुभयो  ।

Post a Comment

 
Top