साउन ५ – यस वर्ष नेपालको प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । गत वर्षको तुलनामा साउन २ गतेसम्मको तथ्याङ्कलाई आधार मान्दा यस वर्षको साउन २ गतेसम्म २७ प्रतिशतले धान रोपाइ कम भएको छ । गत वर्ष यसै अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्षको साउन २ गतेसम्म मुलुकभर ५१ प्रतिशतमात्र रोपाइँ भएको छ ।
“यस वर्षको रोपाइँ सन्तोषजनक छैन ।” कृषि प्रसार निर्देशनालयका कार्यक्रम निर्देशक निरु दाहाल पाण्डेले भन्नुभयो । यस वर्ष पूर्वाञ्चलमा ४७, पश्चिमाञ्चल ५३, मध्यमाञ्चलमा ४४, मध्यपश्चिमाञ्चलमा ५२ र सुदूरपश्चिमाञ्चलमा ६६ प्रतिशत रोपाइँ भएको छ । राज्यले कृषि क्षेत्रमा जति लगानी गरेको छ त्यसअनुरूपको प्रतिफल प्राप्त गर्न मुस्किल पर्ने देखिन्छ । कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले भन्नुभयो यस वर्ष पनि नेपालले चामल आयात गर्नुपर्ने देखिन्छ ।
गत वर्ष नेपालले यसै अवधिमा रु १३ अर्बको चामल भारतबाट आयात गरेको थियो । कुल गार्हस्थ्या उत्पादनमा कृषि क्षेत्रको योगदना ३५ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत योगदान रहेको छ । यद्यपि कृषिको परनिर्भरता भने रोकिने छाँट देखिँदैन । आर्थिक वर्ष ०६५÷०६६ देखि नेपालले विभिन्न देशहरूबाट करिब रु एक अर्ब ८५ करोडको चामल आयात गरेको थियो । हाल प्रत्येक महिना रु एक अर्बभन्दा बढीको चामल आयात गर्दै आएको तथ्याङ्क बाहिर आइसकेको छ । पहिले नेपालमा उत्पादित धान, चामल, निर्यात गर्न ७÷८ वटा धान चामल कम्पनी थिए । पहिले धान चामल निर्यात गर्ने देश अहिले आयात गर्ने देशमा गनियो ।
युवा जनशक्तिको पलायन, सीमित व्यक्तिका हातमा प्रचुर जमीन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरी करण, आकाशे खेतीमा परनिर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउबिजन तथा मलखाद् तथा कृषि अनुदानको राम्रो व्यवस्था नहुनु, किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु, सरकारी उदासिनता र शिक्षित वर्गहरूबाटै कृषि पेसालाई उपहास गर्ने आदि कारणले कृषि क्षेत्रको परनिर्भरता बढ्दै गएको विभिन्न तथ्यहरूबाट बुझिन्छ ।
सरकारले कुनै हालतमा पनि जनतालाई दुई छाक खाना खुवाउनुपर्दछ । तसर्थ युवा पलायनलाई रोकी दिगो कृषि विकासमा राज्यले प्रचुर ध्यान नदिने हो भने खल्तीमा पैसा भए पनि खाद्यान्न किन्न नपाउने अवस्था आउन सक्ने सम्भावना रहेको वरिष्ठ धान विशेषज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ । यस वर्ष नेपालको भारतसँगको व्यापार घाटा रु पाँच अर्ब नाघिसकेको छ । आर्थिक वर्ष ०७१÷७२ को अन्तसम्म रु छ अर्ब नाघ्ने अनुमान आव ०७१÷०७२ को बजेटमा उल्लेख छ । नेपालको कृषिले ३८ प्रतिशतभन्दा बढी व्यापार घाटा कम गर्न सक्ने कृषि विज्ञहरूको अनुमान छ ।
कृषि विकास मन्त्रालयले यस वर्ष १४ लाख ८६ हजार ९५१ हजार हेक्टर जमीनमा धान रोपाइँ गर्ने अनुमान गरेकामा हालसम्म सात लाख ५३ हजार २३२ हेक्टर जमीनमा मात्र रोपाइँ पूरा भएको छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती नेपालको जुम्ला जिल्लाको छुमचौरमा हुन्छ । संसारमा कुल जनसङ्ख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना नै चामल हो भने एसियाली देशहरूमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपतसमेत हुने गरेको पाइन्छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । धानबालीको अध्ययन अनुसन्धान गर्ने संस्था इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युट ९इरी० को प्रधान कार्यालय फिलिपिन्समा छ । नेपालमा वार्षिक रु एक अर्बको धान उत्पादन हुने गरेको तथ्याङ्क कृषि विकास मन्त्रालयले बताएको छ ।
नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जातहरू सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ वटा धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ वटा जातमा सात थरीका मात्र रैथाने धानको खेती हुने गरेको छ ।

Post a Comment