गोरखा, श्रावण ४
आर्थिक वर्ष २०७०÷७१ मा ६३ हजार २ सय ४९ जनाले गोरखा संग्रहालयको अवलोकन गरेका छन् । गोरखा संग्रहालय अवलोकन गर्नेमा १८ हजार २ सय ४५ जना विद्यार्थी, २६ हजार १ सय २२ जना नेपाली, ५० जना सार्क राष्ट्रका नागरिक र १ हजार २८ जना विदेशी नागरिक रहेका संग्रहालयका प्रमुख करुणा राईले जानकारी दिनुभएको छ । 
संग्रहालयले प्रवेश शुल्क विद्यार्थीहरुको लागि प्रतिव्यक्ति ५ रुपैया, नेपाली नागरिक लागि प्रतिव्यक्ति १० रुपैया, सार्क राष्ट्रका नागरिकको लागि प्रतिव्यक्ति २० रुपैया र विदेशी नागरिकहरुको लागि प्रतिव्यक्ति ५० रुपैया लिने गरेको छ । आर्थिक वर्ष २०७०÷७१ मा विद्यार्थीहरुबाट १ लाख ८० हजार २ सय ४५ रुपैया, नेपाली नागरिहरुबाट २ लाख ६१ हजार २ सय २० रुपैया, सार्क राष्ट्रका पर्यटकहरुबाट १ हजार रुपैया र विदेशी पर्यटकहरुबाट ५१ हजार ४ सय रुपैया प्रवेश शुल्कको रुपमा राजस्व संकलन गरेको प्रमुख राईले बताउनुभयो ।
 त्यसैगरी नेपाली नागरिकहरुको क्यामराबाट ४७ हजार ५ सय रुपैया, सार्क राष्ट्रका पर्यटकहरुको क्यामराबाट ४ सय रुपैया र विदेशी पर्यटकहरुको क्यामराबाट ३८ हजार २ सय रुपैया राजस्व संकलन भएको छ भने नेपाली नागरिकको भिडियो क्यामराबाट १ हजार रुपैया  राजस्व संकलन गरेको संग्रहालयका कर्मचारी सञ्जन भुर्तेलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०६९÷७० मा ५९ हजार ९ सय ३० जनाले गोरखा संग्रहालयको अवलोकन गरेका थिए भने उनीहरुबाट ५ लाख २६ हजार ९ सय ५५ राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष २०६८÷६९ मा पर्यटकहरुको प्रवेश शुल्कबाट ४ लाख ४६ हजार ९ सय ७० रुपैया राजस्व संकलन भएको थियो ।

Post a Comment

 
Top