गोरखा श्रावण १३ स्मार्ट सेलले गोरखामा हिजो निशुल्क सिमकार्ड वितरण गरेको छ । हिजो ५०० ओटा सिमकार्ड निशुल्क विक्री भएको स्मार्ट सेल गोरखाका डिलर राजकुमार बस्नेतले जानकारी गर्नुभयो । स्मार्ट सेलको गोरखामा ९ ओटा टावरहरु रहेका छन् । गोरखा नगरपालिकाको बसपार्क, मनकामना, मिरकोट, पालुङटार, वारपाक, जौवारी, ताङलीचोक, लाप्राक, पन्द्रुङ देउरालीमा स्मार्ट सेलको टावर सञ्चालन गरी सेवा प्रदान गरिरहेको छ ।
स्मार्ट सेलको फोनबाट विदेशमा फोन गर्दा अमेरिका, जापानको लागि प्रति मिनेट २ रुपैयाँ लाग्ने बताइएको छ । यस्तै खाडी मुलुकमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँसम्म लाग्ने र नमस्ते मोवाइल, एनसेलमा फोन गर्दा प्रतिमिनेट २ रुपैयाँ लाग्ने र स्मार्टबाट स्मार्ट मोवाइलमा फोन गर्दा राति प्रतिमिनेट ५० पैसा र अन्य समयमा प्रतिमिनेट १ रुपैंयाँ शुल्क लाग्ने पनि बस्नेतले जानकारी दिनुभयो । स्मार्ट सेलको निशुल्क वितरण आजमात्र हुने बताइएको छ ।

Post a Comment

 
Top