गोरखा श्रावण १३ इस्लाम धर्मालम्बीले आज बिहानदेखि इद उल फित्र पर्व धार्मिक विधिपूर्वक उत्साहका साथ गोरखामा पनि मनाइएको छ । यस पर्वको उपलक्ष्यमा गोरखाका इस्लाम धर्मावलम्बी बिहानै चोखो भएर नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज अदा गरी एक अर्काका साथ खुसियाली साटेर पर्व मनाइरहेका छन् । विभिन्न इदगाह तथा मस्जिदमा चहलपहल व्यापकरूपमा देखिन्छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका लागि रोजा अर्थात् दिनभरि उपवासमा बसेर पर्वको शुभारम्भ गरिएको थियो । गत असार १६ गतेदेखि रोजा सुरु भएपछि सोमबार साँझ चन्द्रमाको दर्शन गरी रोजा पर्व सम्पन्न भएको थियो । रोजा पर्वका अवसरमा कुरान पाठ, अल्लाहको एवादत गर्ने, झुटो नबोल्ने, दान गर्ने र शरीरलाई चोखो राखेर मनाइने परम्परा रहेको छ । तीन दिनसम्म मनाइने यस पर्वमा दीनदुःखीलाई दान गर्ने र मीठो परिकार खाने गरिन्छ । गोरखाको मुस्लिम समुदायको घना बस्ती रहेको फिनाम, ताप्ले, अश्राङ, हर्मी, आँपपिपलमा धुमधामको साथ इद पर्व मनाइएको मदरसा फैजानी आल हजारत, गोरखाका अध्यक्ष वर्गतुल्ला मियाले जानकारी दिनुभयो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment