deoghar_kawariyaएजेन्सी । भारतको झारखण्डको देवघरस्थित बाबा बैद्यनाथ मन्दिरमा मच्चीएको भागदौडमा ११ जनाको मृत्यु भएको छ । देवघरका उपआयुक्त अमित कुमारले घटना विहान सवेरै साढे चार बजे भएको बताएका छन् । जुन समयमा जलाभिषेकका लागि भक्तजन लाइन लागेका थिए । उनका अनुसार श्रद्धालुबीच अगाडी जाने होडमा भागदौड मच्चीएको हो । उनले घटनामा १७ बढी घाइते भएको बताएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही दिन अघिमात्रै सोही मन्दिरमा भएको भागदौडमा १२ बढी घाइते भएका थिए ।

Post a Comment

 
Top