बैंकको खुद ब्याज आम्दानी र विदेशी मुद्रा सटही आम्दानी बढ्नुका साथै प्रोभिजन रकम घटेपछि खुद नाफा बढ्न गएको हो ।
बैंकले यस अवधिमा ६७ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड २० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
बैंकले बैदेशिक मुद्राको कारोबारबाट ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ४९ लाख रुपैयाँमात्र रहेको थियो ।
अघिल्लो वर्ष बैंकको कर्जा जोखिम कोषमा १६ करोड १६ लाख रुपैयाँ छुट्टाइएकोमा यस वर्ष घटेर ११ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । बैंकको खराब कर्जाको मात्रा ०.८८ प्रतिशतबाट घटेर ०.७१ प्रतिशतमा झरेपछि प्रोभिजन रकम घटेको हो ।
बैंकको स्प्रेडदर ३.९५ प्रतिशत, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा, मुल्य आम्दानी अनुपात १९.७७ गुना, नेटवर्थ प्रतिशेयर १४४ रुपैयाँ ५१ पैसा, तरलता अनुपात २७.९२ प्रतिशत, प्रतिशेयर बजार मूल्य ३४२ रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप बढेर २० अर्ब २८ करोड २१ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन १७ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष निक्षेप रकम १७ अर्ब २५ करोड २३ लाख रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा निक्षेप रकम करिव ३ अर्ब रुपैयाँले बढेको छ ।
कर्जा परिचालन पनि १२ अर्ब २४ करोड ७१ लाख रुपैयाँबाट तीन अर्ब रुपैयाँले बढेर गत आर्थिक वर्षको अन्त्यमा १७ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको हो ।
Post a Comment